खुशीको खबर, कोरोनाको यो खोप लगाएकाहरु निर्धक्क हिँड्न सक्ने, तपाईले लगाएको खोप कुन हो ? — OSNepal

खुशीको खबर, कोरोनाको यो खोप लगाएकाहरु निर्धक्क हिँड्न सक्ने, तपाईले लगाएको खोप कुन हो ?

LC (KTM) May 15, 2021 0

कोरोना बिरुद्धको खोपले पुर्णतया काम गर्न थालेको प्रमाणित भएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले यसको दाबी गरेको छ । उसले केही विशेष परिस्थितिबाहेक कोभिड १९ विरुद्धको खोप पूर्ण लगाएका मानिसहरुले घरभित्र वा बाहिर मास्क लगाउन र सामाजिक दूरी पालना गर्न जरुरी नरहेको जनाएको छ ।

पूर्ण रुपमा खोप लगाएकाहरुले ती काम सुरु गर्न सक्नेछन् जुन महामारीका कारण बन्द गरिएको थियो । सीडीसीकी निर्देशक रोचिली वालेन्स्काईले ह्वाइट हाउसमा भएको कोभिड १९ ब्रिफिङमा भनिन्,– ‘केही हदसम्म सामान्य अवस्थामा कसरी फर्कन सकिन्छ भनेर यो क्षणको हामीले लामो प्रतीक्षा गरेका थियौँ ।’ उनले यस क्षणलाई अति उत्साहजनक भनिन् । यसअघि जारी गरिएको सीडीसीको नयाँ गाइडलाइन्सलाई विज्ञानले समर्थन गर्ने उनले बताइन् । यस गाइडलाइन्सअनुसार पूर्ण खोप लगाएकाहरु घरभित्र र बाहिरी क्रियाकलापमा मास्क नलगाइ र सामाजिक दूरी पालना नगरी भेला सहभागी हुनसक्छन् ।उनले तीनवटा अध्ययनबारे उल्लेख गरिन् ।

इजरायलमा गरिएको एउटा र अमेरिकामा गरिएका दुईवटा अध्ययनले खोपले काम गर्र्छ भन्ने देखाएको छ । इजरायलको अध्ययनले देखाएअनुसार खोपको प्रभावकारिता लक्षणसहितका कोभिड–१९ का बिरामीमा ९७ प्रतिशत र लक्षण नभएका बिरामीमा ८६ प्रतिशत देखिएको थियो । ५ हजारभन्दा बढी स्वास्थ्यकर्मीमा गरिएको यो अध्ययन जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर