काठमाडौं ३१ असार । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपाका स्थायी समिती सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली (सुदर्शन)लाई रिहा गर्न आदेश दिएको छ ।
उच्च अदालत पाटनको आदेश उल्टाउँदै आज सर्वोच्चले रिहा गर्न आदेश दिएको हो । न्यायाधीशद्वय प्रकाशकुमार ढुङगाना र डा. मनोजकुमार शर्माको इजलासले ‘सुदर्शन’ लार्य थुनामुक्त गर्न आदेश दिएको छ ।