काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बावेमा हुने आईसीसी क्रिकेट पुरुष विश्वकप छनोटको तयारी दक्षिण अफ्रिकामा गर्ने भएको छ । १० दिन दक्षिण अफ्रिकामा तयारी गर्ने भएको हो । यसका लागि टोल िजुन पहिलो साता त्यस तर्फ प्रस्थान गर्ने छ ।
अहिले भिसा प्रक्रिया भइरहेको बताइएको छ । दक्षिण अफ्रिका भ्रमणमा रहँदा नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग अभ्यास खेल खेल्ने तयारी रहेको पनि केट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।
दक्षिण अफ्रिका र जिम्बावेको कन्डिसन उस्तै हुने भएकोले नेपाललाई त्यहाँको तयारीले सहयोग पुग्ने क्यानको विश्वास छ ।फाइनल पुग्ने शीर्ष दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन् । विश्वकप छनोट खेल्ने १० वटै टोलीको टुङ्गो लागिसकेको छ जहाँ चार टेष्ट राष्ट्र र नेपालसहित ६ एसोसिएट राष्ट्र छन् ।