साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश — OSNepal

साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश

LC (KTM) July 15, 2021 0

काठमाडौँ, ३१ असार- सरकारले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आइतबार अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिश गरेको हो । बैठकपछि सरकारका प्रवक्तासमेत रहनुभएका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाको बैठक आह्वान गर्ने सम्बन्धमा राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

अदालतले यही असार २८ गते गरेको फैसलानुसार सात दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने उल्लेख छ । अदालतका परमादेशका आधारमा शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकार गठन भएसँगै प्रतिनिधिसभाको बैठक बोलाउन लागिएको हो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर