काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहले ओली सरकारको बहिर्गमनप्रति असन्तुष्टि जनाएका छन्। बिहीबार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै शाहले असन्तुष्टि पोखेका हुन् ।उनले शासकको अनुहार फेरिँदा जनताको आशा भरोसा बढ्नु पर्ने भए पनि त्यसो नभई उल्टै जनता निराश भइरहेको उल्लेख गरेका छन् ।
शासक र शासकका आसेपासेका मुहार भन्दा पनि जनताको मुुहार फेरिनु पर्ने आवश्यक्ता रहेको उनको भनाइ छ ।‘शासकको अनुहार फेरिदाँ जनताको आशा भरोसा पनि बढ्न जान्छ तर जति हुनुपर्ने वा जस्तो हुनुपर्ने भनेर जनताले सोच्छन् त्यो कहिल्यै पूरा हुँदैन। फेरी जनमानसमा गुनासो शुरू हुन थाल्छ। शासकको मूल कर्तव्य मुलुक र जनताको हीतमा हुनु जरूरी छ। जनताको मुहार फेरिनु पर्छ न कि शासक र उसका परिवारको।’ भन्दै उनले लेखेका छन् ।