काठमाडौँ उपत्यकामा साउन १० गते सम्म निषेधाज्ञा — OSNepal

काठमाडौँ उपत्यकामा साउन १० गते सम्म निषेधाज्ञा

LC (KTM) July 15, 2021 0

काठमाडौं ३१ असार । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई साउन १० गतेसम्म लम्बाइएको छ । आज बसेको तिनै उपत्यकाको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निणर्य गरेको हो ।

आजसम्म ६ बजेसम्म खोलेका सबै पसलहरु भने अब साँझ सात बजे सम्म खोल्न पाइने भएको छ । तथापी बैठकले सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहने निणर्य गरेको छ ।

त्यस्तै बैठकमा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्ने विषयको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुली जनाएका छन् ।

पराजुलीका अनुसार लामो दुरीका सवारी सञ्चलानको लागि भने मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर