काठमाडौं, २७ बैशाख । रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन् ।युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल र सिटी बराबरीमा रोकिएका हुन ।
रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा मंगलबार भएको खेल १–१ को बराबरीमा सकिन पुगेको थियो ।पहिलो हाफको ३६ औं मिनेटमा रियलका लागि भिनिसियस जुनियर गोल गरेर खेललाई सुरुवाती अग्रता दिलाएका थिए । र, पहिलो हाफ १-०मा नै टुंगिन पुग्यो ।
तर, दोस्रो हाफको ६७ औं मिनेटमा सिटीका लागि केभिन डे ब्रुएना गोल फर्काए पछि खेल १- १ को बराबरीमा रहन पुग्यो ।दुवै पक्षले एक अर्काको गोल पोष्टमा निरन्तर प्रहार गरे पनि अन्ततः खेल बराबरीमा नै टुंगिन पुग्यो ।