काठमाडौं । पछिल्ला फिल्म व्यावसायिक रूपमा असफल भएपछि तनाव झेलिरहेका बलिउड अभिनेता आमिर खान बूढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा छन् ।‘रिफ्रेस’ हुन आइतबार काठमाडौं आएका उनी सोही दिन बेलुकाबाटै केन्द्रमा ध्यानरत छन् । केन्द्र स्रोतका अनुसार आमिरले भारतबाटै १० दिनको विपश्यना कोर्ष बुकिङ गरेका हुन् ।राजधानि दैनिकमा खरबर छ ।
उनको ध्यान आगामी मंगलबार मात्र सकिने जनाइएको छ । १० दिनसम्म उनले विपश्यनाको नियम पालना गर्नेछन् । विपश्यना बस्दा हरेक दिन बिहान ४ः३० बजेबाट बेलुका ९ जबेसम्म आमिरको ध्यान समय हुनेछ । बेलुका ९ बजे एक छाक फलाहारपछि उनी सुत्ने छन् । यस अवधिभर उनी मौन बस्ने जनाइएको छ ।
विपश्यना केन्द्रले आमिरको सुरक्षामा विशेष ध्यान दिएको छ । उनी त्यहाँ साधारण नगरिकको हैसियतमा आएका हुन् । आमिरले सामान्य नागरिकसरह ध्यान तथा विपश्यना सम्पन्न गर्ने छन् । विपश्यनाबाट चिन्तामुक्त होइने विश्वास छ ।विपश्यनामा मौन रहनुपर्ने, सांकेतिक भाषामा समेत कुरा गर्न नपाइने भएकाले मुम्बईको ‘हाईप्रोफाइल’ जीवनबाट टाढा छन्, आमिर ।
यो पनि : निकसँग स्क्रिन सेयर गर्दै प्रियंका : बलिउडदेखि हलिउडसम्म यात्रा गरेकी अभिनेत्री प्रियंका चोपडा हालका दिनमा लगातार चर्चामा छिन् । केही समय अघि उनको वेब सिरिज ‘सिटाडेल’ अमेजन प्राइम भिडियोमा रिलिज भएको थियो । अब उनको फिल्म ‘लभ अगेन’ मे १२ मा भारतमा रिलिज हुँदैछ ।
यो फिल्मको प्रमोसनका दौरान उनले पति निक जोनसँग स्क्रिन शेयर गर्ने जनाउ दिएकी छन् । उनले आफूहरुले त्यसको लागि तयारीसमेत गरेको खुलाएकी छन् ।
‘हाम्रो सहकार्य हिन्दीमा वा अन्य भाषामा हुन्छ भन्ने निश्चित भइसकेको छैन । तर निक र म पहिलोपटक सहकार्य गर्दैछौं । यो फिल्म पनि हुनसक्छ वा वेब सिरिज । हामी एकसाथ शो निर्माण गर्दैछौं । यो शो निर्माणताका हाम्रो स्क्रिन शेयर हुने सम्भावना प्रबल छ ।