काठमाडौँ असार ३१ । आज बस्ने भनिएको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको व्यस्तताले गर्दा आज दिउँसो २ बजे बस्ने भनिएको बैठक स्थगित गरिएको जनाइएको छ ।
मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न तथा आफ्नो सरकार टिकाउन विश्वासको मतको विषयमा छलफल गर्न बेठक स्थगित गरिएको जनाइएको छ । पार्टीको महाधिवेशन नजिकिँदै गर्दा क्रियाशील सदस्यतामा विवाद भएपछि दवाव परेका देउवालाई अब सरकार टिकाउन मतको आवश्यक रहेको छ ।
संयुक्त सरकार बनाए आफुले विश्वासको मत पाउन आशामा देउवा सरकारमा सहभागी गराउन विपक्षीदलसँग आन्तरिक छलफलमा जुटेका छन् ।