काठमाडौं । धरानका मेयर हर्क साम्पाङले हल नै रिभर्ज गरेर फिल्म ‘जारी’ हेरेका छन् । उनीसँगै फिल्म हेर्न दयाहाङ राई र मिरुना मगर पनि धरान पुगेका थिए । सोमबार बेलुका स्थानीय फ्रेन्ड्स सिनेमा हलमा मेयर र कलाकारसहितको टोलीले फिल्म हेरेको थियो ।
जारीका अन्य कलाकारहरु प्रेम सुब्बा, रेखा लिम्बू पनि उक्त विशेष शोमा उपस्थित रहे । साम्पाङले सञ्चालन गरिरहेको कोकाहा खानेपानी आयोजनाले विशेष शोको आयोजना गरेको थियो ।
फिल्म पि हेरेपछि मेयर हर्कले राम्रो प्रतिकृया दिएको निर्माता रामबाबु गुरुङले बताए । विशेष शोअघि उक्त फिल्म हलमा ‘मिट एण्ड ग्रिट’को समेत आयोजना गरिएको थियो । फिल्मको बेलायत प्रिमियरपछि दयाहाङ र मिरुना धरान पुगेका हुन् । उपेन्द्र सुब्बा निर्देशित जारीले तेस्रो सातासम्म १५ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ ।