काठमाडौँ ३१ असार । नेपाली कांग्रेसको नेतृत्वमा गठित सरकारले साउन तिन गतेका लागि संसद बैठक बोलाएको छ ।
आज बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निणर्य गरिएको बैठकमा सहभागी मन्त्रीले जनाएका छन् ।
सर्वोच्चको परमादेश पछि प्रधानमन्त्री भएका देउवा सरकारको नेतृत्वमा यो पहिलो संसद बैठक हो । गत जेठ ७ गते मध्यराति सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरी मध्यावधि चुनावको लागि दूई चरणको निवार्चनको घोषणा गरेकी थिइन् ।