'४० प्रतिशत जापानी युवाले उच्च शिक्षा निःशुल्क होस् भन्ने चाहन्छन्' — OSNepal

‘४० प्रतिशत जापानी युवाले उच्च शिक्षा निःशुल्क होस् भन्ने चाहन्छन्’

LC (KTM) May 07, 2023 0

टोकियो – जापानमा १० देखि १८ वर्ष उमेर समूहका जापानी युवामा हालै गरिएको एक सर्वेक्षणले ४० प्रतिशतले बालबालिकाका लागि उच्च शिक्षालाई निःशुल्क बनाउने नीतिलाई सरकारका उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।निप्पोन फाउन्डेसनले गरेको अनलाइन सर्वेक्षणमा मार्चमा १० हजार व्यक्तिलाई समावेश गरिएको थियो ।

उत्तरदाताहरूलाई एक भन्दा बढी उत्तरहरू छनौट गर्न दिइएको थियो । बालबालिकाका लागि सरकारले आफ्नो नीतिमा के लाई प्राथमिकता दिनुपर्छ भन्ने प्रश्नमा ४० प्रतिशत उत्तरदाताले उच्च माध्यमिक विद्यालय र विश्वविद्यालयलाई ट्युसनमुक्त बनाउनुपर्ने बताएका थिए भने ३७ प्रतिशतले भयरहित समाज निर्माण गनुपर्ने बताएका थिए ।

बालबालिकालाई अपराधबाट जोगाउने र सहयोगको गम्भीर खाँचोमा परेका बालबालिकाको आवाज राम्ररी सुन्ने दुवै प्रश्नको जवाफ ३० प्रतिशतभन्दा बढी थियो । निप्पोन फाउन्डेसनका एरिको ताकाहाशीका अनुसार सर्वेक्षणमा केही बालबालिकाले आफ्ना आमाबाबुको आर्थिक अवस्थाका कारण आफूले चाहेको शिक्षाका लागि अनुरोध गर्न हिचकिचाउने गरेको बताएका छन् ।उहाँले बालबालिकालाई आफ्नो विचारको सम्मान गर्ने अधिकार छ भन्ने ज्ञान सरकारले फैलाउनुपर्ने र सुधारका लागि ठोस कदम चाल्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर