इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी बिजयी भएको छ । शनिबार राति भएको खेलमा सिटीले लिड्स युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा इल्के गुन्डोगानले दुई गोल गरे । लिड्सका रोड्रिगो मोरेनोले एक गोल फर्काए । खेलको १९ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
२७ औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए । ८४ औं मिनेटमा गुन्डोगान पेनाल्टीमा चुक्दा ह्याट्रिक गर्नबाट बन्चित रहे । गुन्डोगानको प्रहार पोस्टमा लागेको थियो ।त्यसपछि खेलको ८५ औं मिनेटमा लिड्सका मोरेनोले गोल गरेपनि सिटी २-१ ले विजयी भयो ।जितसँगै सिटीले ३४ खेलमा ८२ अंक जोडेको छ ।