कञ्चनपुर, ३१ असार- बाँसको डण्डा प्रहार गरी भिमदत्त नगरपालिका-१० तिल्केनी बस्ने ४२ वर्षीय बिर राम लुहारको ह त्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय गिरधारी लुहारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
आपसी झ गडाको कारण गिरधारीले बाँसको डण्डा प्रहार गर्दा बिर राम ग म्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जिमुवाबाट खटिएको प्रहरीले गिरधारीलाई पक्राउ गरेको हो ।
साथै घाइतेलाई महाकाली प्रादेशिक अस्पताल पठाएकोमा उपचारको क्रममा मृ त्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । बाँसको डण्डा प्रहार गरी लुहारको ज्यान लिए २२ वर्षीय गिरधारीले