नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सबैको चित्त बुझ्ने गरी काम गरेर देखाउने बताएका छन् । आफु काममा बिश्वास गर्ने ब्यक्ति भएको बताउँदै उनले खेल क्षेत्रमा देखिएको कमि कमजोरीलाई समाधान गर्ने गरि काम गर्ने बताएका हुन् । आज मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले खेलकुद मन्त्रालयको काममा दैनिक १८ घण्टा समय दिने समेत बताएका छन् ।
आफु भर्खरै आएको हुँदा खेल र खेलकूद क्षेत्रलाई अध्ययन गर्न समय समेत लाग्ने उनको भनाई छ । त्यस्तै खेलाडीहरुको मनोबल उच्च पार्दै उनले नेपाली खेलाडीले अवसर पाए गर्न सक्छन् भनेर देखाई रहेको बताउँदै उनले खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्नु आफ्नो प्राथमिकता हुने बताए ।
उनले भने ‘समग्र खेल जीवन र यसको भौतिक तथा पूर्वाधार विकास गर्नेकुरामा अहिलेसम्म अभाव छ, खेलाडी साथीहरुले, पदाधिकारीले जे अभाव महसुस गर्नुभएको छ, त्यसलाई मध्यनजर गरेर काम गर्ने प्रयास गर्नेछु’ । खेलकुदमन्त्री लिम्बूले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपपनयताको शपथ लिएका थिए ।