फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड लियोनल मेस्सीले क्लब छाड्ने भएका छन् । अर्जेन्टिनी मेस्सीले यस सिजनको अन्त्यसँगै पीएसजी छाड्ने बीबीसीले जनाएको छ । विश्वकप विजेता मेस्सीको पीएसजीसँगको सम्झौता यसै समरमा सकिँदैछ। अर्जेन्टिनाका कप्तान मेस्सीले २०२१ मा पीएसजीसँग दुई वर्षको सम्झौता गरेका थिए ।
मेस्सी पछिल्लो समय बार्सिलोना फर्कने चर्चा छ ।मेस्सीले पीएसजीका लागि सबै प्रतियोगितामा ७१ खेलमा ३१ गोल र ३४ असिस्ट गरेका छन् । मेस्सी र क्लबबीच पछिल्लो समय सम्बन्ध समुधुर छैन ।पीएसजीले मंगलबार मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको छ ।क्लबको अनुमति बिना साउदी अरबको भ्रमण गरेको भन्दै मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको हो । निलम्बन अवधिमा मेस्सीले पीएसजीमा प्रशिक्षण र खेल्न पाउने छैनन् ।