भाग्यअनुसार हेर्नुहोस बिहिबारको तपाइको राशीफल — OSNepal

भाग्यअनुसार हेर्नुहोस बिहिबारको तपाइको राशीफल

LC (KTM) July 15, 2021 0

मेषः–दुविधा मुक्त भएर योजना बनाएर काम गर्नु होला थोरै भए पनि सफलता मिल्नेछ । काम गर्दा बाहिरी प्रभाव बढि पर्न सक्छ । अरुको भर विश्वासमा काम नगर्नु होला धोका हुनसक्छ । व्यापार व्यवसायबाट उचित प्रतिफल नमिल्न सक्छ । नोकरी र राजनीतिमा अप्ठ्यारो पर्न सक्छ । पठन पाठनमा सन्तोषजनक प्रगति हुने छैन । तनाव घट्नेछ ।

वृषः– काम गर्ने जोश जागर घट्नेछ । चिन्ता बढ्नेछ । कुरा धेरै,सोचाई बढि काम कम हुनेछन् । गरेका काममा आलोचना मुक्त देखिन्न । घरयासी समस्याले सताउनेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । ताला चावी बलियो गर्नुहोला धन माल हराउन सक्छ । पढाई लेखाईमा पनि सन्तोषजनक प्रगति हुनेछैन । सवैलाई विश्वास गर्नु गलत हुनेछ ।

मिथुनः– बाधा अवरोध हट्ने छन् । समयमा सुधार देखिन्छ । कुरामा भन्दा काममा जोड दिनुहोला । काममा स्थायीत्व दिनु पर्ने देखिन्छ । कार्य क्षमता,दक्षता बढ्नेछ । उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । आशाका अङ्कुर पलाउने छन् । आर्थिक कारोवारमा भने चनाखो रहनु होला । सहयोग गर्नेको साथै सहयोग माग्ने पनि कम हुने छैनन ।

कर्कटः–आफन्तबाट सामान्य सहयोग मिल्नेछ तर पूर्ण भरोसामा नबस्नु होला । अस्थिरताले आफुलाई कमजोर बनाउनेछ । आर्थिक क्षेत्रमा सामान्य सुधार आउनेछ । व्यापार व्यवसायमा लगानी नबढाउनु होला । गरेका कामबाट सामान्य आम्दानी हुनेछ । अन्योललाई चिरेर अगाडि बढ्नु पर्ने देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् ।

सिंहः– समस्या कम भएर जानेछन् । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । मनोरञ्जनमा बढि ध्यान जान सक्छ । साना तिना चुनौतिसँग नडराई काम गर्नु होला गन्तव्यमा पुग्न सकिनेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट आम्दानीम हुनेछ । बाहिरी सम्बन्धमा सुधार आउनेछ । भोज भतेर सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ ।

कन्याः– दिन प्रतिकुल देखिन्छ । काम गरेर अरुलाई कमाई दिने मात्र हुनेछ । अनावस्यक विषय बस्तुमा विवाद पर्न सक्छ सचेत रहनुहोला । व्यापार व्यवसायमा गिरावट आउनेछ । आवेगमा आएर कुनै पनि निणर्य नगर्नु होला । व्यर्थको फिराई हुनेछ । मिथ्या अरोप लाग्न सक्छ । सहयोग गर्ने भेटिने छैन तर माग्ने भने कम हुने छैनन ।

तुलाः– विगतका समस्या समाधान गर्न सक्षम हुनुहुनेछ । आय आर्जनका दृष्टिले दिन उपलब्धिपूर्ण रहला । सामाजिक प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । परिवारबाट सहयोग पाईनेछ । व्यापारबाट आम्दानी बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ । वैदेशिक कार्य अगाडि बढ्ने छन् । वोलीको प्रभाव बढ्नेछ ।

वृश्चिकः– पहल गर्नु होला पुराना समस्या समाधान हुनेछन् । भाग्यका साथै कर्म पनि बलियो देखिन्छ । आर्थिक कारोवारमा भने थोरै सतर्क रहनु होला । नोकरी तथा राजनीतिमा अवसर खोजी हुनेछ प्रयत्न गरेमा प्राप्त हुने देखिन्छ । पढाई लेखाईमा प्रगति हुनेछ । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । ज्ञान,शिप र दक्षताको विकास हुनेछ ।

धनुः– समयमा सामान्य सुधार आउनेछ । बाहिरी काममा बढि समय दिदा हुनु पर्ने काम हुने छैनन । यात्राबाट सामान्य लाभ हुनेछ । अर्थ अभावका कारण पनि काममा ढिला सुस्ति हुनेछ । आस्था र विश्वास भने बढ्नेछ । व्यापारमा आएको मन्दि कायम नै रहनेछ । लेनदेन कारोवारमा सचेत रहनुहोला । आफन्तका कारण आर्थिक क्षय वेहोर्नु पर्ला ।

मकरः– दिन तपाईको प्रतिकुल देखिन्छ । दैनिक काम काजमा अवरोध आउन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । परिवारमा मनमुटाव बढ्न सक्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । आवेगमा आएर काम नगर्नु होला । अहार विहारमा ध्यान दिनु होला स्वास्थ्य कमजोर हुनेछ । अरुको विश्वास र भरोसामा पर्नु भयो भने धोका खानु हुनेछ ।

कुम्भः– सामान्यतया ग्रह,गोचर अनुकुल जस्तै देखिन्छ । कुनै पनि क्षेत्रमा निरासा र पूर्ण असफल होइन तर आशा गरे अनुरुपको सफलता मिल्ने छैन । स्वव्यवसायबाट आय आर्जन बढ्नेछ । साथि भाई तथा इष्ट मित्रबाट सामान्य सहयोग पाईनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

मीनः– तपाई माथि शत्रुको बक्रदृष्टि पर्नेछ । कार्य सम्पादनाम कठिनाइ आउन सक्छ,मेहनत नगरी काम बन्ने छैनन । कार्य गोपनियता आवस्यक देखिन्छ । बाहिरी काममा मन जानेछ नियन्त्रण गर्नु होला । व्यापार व्यवसायमा भने विस्तारै सुधार आउने देखिन्छ । पुराना मुद्धाको टुङ्गो लाग्न सक्छ । ऋण लगानी गर्दा सोच विचार गर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर