रोल्पामा एकैदिन दुईजना कोरोना सङ्क्रमितको मृ त्यु — OSNepal

रोल्पामा एकैदिन दुईजना कोरोना सङ्क्रमितको मृ त्यु

LC (KTM) May 14, 2021 0

रोल्पा- रोल्पामा एकैदिन दुईजना कोरना सङ्क्रमितको मृत्यु भएको छ । माडी गाउपालिका ५ भावाङ मजबाङ निवासीे ४३ वर्षीय पुरुषको मृ त्यु भएको हो । रोल्पा अस्पतालको कोभिड आइसोलेशनमा उपचार क्रममा मृ त्यु भएको.रोल्पा अस्पतालका मेडिकल अधिकृत डा आधार वलीले बताउनुभयो ।

ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या भएपछि उनी वैशाख २६ गते अस्पताल भर्ना भएका थिए । त्यसैगरी सुनिल स्मृति गाउपालिका –ं ४ धनचौर निवासी ५५ वर्षीय अर्का पुरुषको पनि आज मृ त्यु भएको छ । रोल्पामा कोरोना सङ्क्रमणबाट अहिलेसम्म चार जनाको मृ त्यु भैसकेको छ । हालसम्म रोल्पामा १८ जना निको भएर घर फर्किसकेका छन् भने ३७७ जना सङ्क्रमित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर