काठमाडौँ ३० असार । सर्वोच्चको परमादेश पछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले भोली बिहिबार पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।
महाधिवेशनको मिति नजिकिदै गर्दा दवावमा परेका देउवा प्रधानमन्त्री भएपनि उनलाई पार्टीका सभापतिको हैसियतले महाधिवेशन समयमै गर्नुपर्ने बाध्यता रहेको छ ।
१४ औं महाधिवेशनमा पनि आफु नै सभापतिको उम्मेदवार बन्ने भन्दै घोषणा गरेका देउवाल भोली दिउँसो २ बजे बैठक बोलाएका हुन् । क्रियाशील सदस्य छानबिन समितिले अझै काम नगरेकाले क्रियाशील सदस्यताको काम समय मै सक्नुपर्ने छ ।
भोलीको बैठकमा सरकार गठनको विषयमा ,मन्त्रिमण्डल विस्तार र पार्टीको १४ औै महाधिवेशनका लागि छलफल गरिने देउवाको सचिवालयले जनाएको छ ।