आफ्नो सरकार टिकाउन माधव नेपालको साथ चाहिने भएकाले देउवा पुगे नेपाल निवास — OSNepal

आफ्नो सरकार टिकाउन माधव नेपालको साथ चाहिने भएकाले देउवा पुगे नेपाल निवास

LC (KTM) July 14, 2021 0

काठमाडौं ३० असार । नेकपा एमाले वरिष्ठ नेता माधव कुमारलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल निवास कोटेश्वर पुगेका छन् ।

आफ्नो सरकार बनाउन साथ दिएका नेपाललाई भेट्न देउवा आफै आज नेपाल निवास पुगेका हुन् । स्रोतका अनुसार आफ्नो तर्फबाट नेकपा एमाले मिलाउन के गर्न सकिन्छ भनेर नेपालसँग छलफल गर्न नेपाल निवास पुगेको जनाइएको छ ।

हिजो मात्र प्रधानमन्त्रीको कार्यभार समालेका देउवाले आज निवर्तमान केपी ओलीले माधव नेपालालई अब एमालेमा ठाउँ छैन भनेपछि आफुलाई माधव नेपालको साथ चाहिएकादे पनि देउवा नेपाललाई भेट्न गएका हुन् ।

संविधान अनुसार पदभार ग्रहण गरेको एक महिनामा विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ । आफ्नो सरकार टिकाउन अब देउवालाई नेपालको साथ चाहिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर