खुशीको खबर, कोरोनाबाट मृ त्यु हुनेको सङ्ख्या र संक्रमण हुने दर घट्दै — OSNepal

खुशीको खबर, कोरोनाबाट मृ त्यु हुनेको सङ्ख्या र संक्रमण हुने दर घट्दै

LC (KTM) May 14, 2021 0

रुपन्देही- पछिल्ला दुई दिनमा रुपन्देहीमा कोरोना सङ्क्रमणबाट मृ त्यु हुनेको सङ्ख्या घट्ेको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज प्रकाशन गरेको तथ्याङ्क अनुसार सङ्क्रमण दर कम हँुदै गएको छ ।पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ भने एक हजार चार सय ७८ जनाको आरटिपिसिआर जाँच गर्दा पाँच सय १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लामा कोभिडका कारण मृ त्यु हुनेको सङ्ख्या तीन सय ३६ र सक्रिय सङ्क्रमितको संख्या ७ हजार ४ सय ८ जना पुगेको छ ।

सङ्क्रमितमध्ये सबै न्दा बढी तिलोत्तमा नगरपालिकामा ८२ जना महिला र ८३ जना पुरुष गरी एक सय ६५ जना छन् । अहिलेसम्म सबै भन्दा बढी सङ्क्रमण देखिएको बुटवल उपमहानगर पालिकामा पनि सङ्ख्या कम भएको छ । बुटवलमा १ सय ५४ जना सङ्क्रमित छन् । सिद्धार्थनगर नगरपालिकामा ४५ जना, सियारी गाउँपालिकामा ५५ जना, देवदह नगरपालिकामा २६ जना रहेका छन् ।

यस्तै सैनामैना गाउँपालिकामा ३० जना सङ्क्रमित छन् । ओमसतिया गाउँपालिकामा १० जना, कञ्चनमा १६ जना मायादेवी गाउँपालिकामा चार जना पुरुष, लुम्बिनी साँस्कृतिक नगरपालिकामा दुई जना पुरुष, शुद्धोधन गाउँपालिकामा ६ जना पुरुष र कोटहीमाई गाउँपालिकामा एक जना पुरुष सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा गैडहवा गाउँपालिका, मर्चवारी गाउँपालिका, रोहिणी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या शून्य देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर