काठमाडौं । चिडियाखानाबाट हराएको १२ फुटको विशाल अजिङ्गर फेला परेको छ । अमेरिकाको लुसियाना राज्यस्थित ब्लू जू अक्वेरियमबाट हराइरहेको कारा नामको उक्त सर्प चिडियाखा नजिकैको सपिङ सेन्टरमा भेटिएको बताइएको छ ।
अन्तराष्ट्रिय समाचार एजेन्सीका अनुसार नामको १२ फुट लामो अजिङ्गर अमेरिकाको लुसियाना राज्यस्थित ब्लू जू अक्वेरियमबाट हराइरहेको थियो । दुई दिनसम्म खोजेपछि उक्त अजिङ्गरलाई गत बिहिबार चिडियाखाना प्रशासनले फेला पारेको हो ।
चिडियाखानाले उक्त विशाल अजिङ्गरलाई गत बिहिबार बिहान सपिङ सेन्टरमा भेटिए लगत्तै सामाजिक संजालमा उक्त अजिङ्गरको तस्विर राख्दै उद्धार गरिएको उल्लेख गरेको थियो ।
उक्त पोस्टमा अजिङ्गर सुरक्षित र स्वस्थ अवस्थामा भेटिएको बताइएको छ । ‘यो बर्मिज पाइथन निकै सहज सर्प हो । यी सर्प ठूला प्रजातिका सर्पमा पर्छन् र उनीहरुको निकै कोमल मन हुने गरेको उद्धारकर्ताले उल्लेख गरेका छन् ।