काठमाडौँ ३० असार । मध्यावधि निर्वाचनको लागि निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका रद्द गरेको छ ।
सोमबार सर्वोच्च अदालतले नेकपा उमालेको सरकारलाई पुर्णविराम दिएर कांग्रेसको सरकार गठन गर्न परमादेश जारी गरेपछि आयोगले कार्यतालिका रद्द गरेको हो । गएको जेठ सात गते सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचन घोषणा गरेकी थिइन् ।
जसको लागि आयोग गत असार २१ गते मात्र मध्यावधि चुनावको लागि कार्यतालिका सार्वजनिक गरेको थियो ।