चिनियाँ राष्ट्रपति सी र जेलेन्स्कीबीचको वार्ताको अमेरिकाद्वारा स्वागत — OSNepal

चिनियाँ राष्ट्रपति सी र जेलेन्स्कीबीचको वार्ताको अमेरिकाद्वारा स्वागत

LC (KTM) April 26, 2023 0

वासिङ्टन- चिनियाँ राष्ट्रपति सी चिनफिङ र युक्रेनका राष्ट्रप्रमुख भोलोदिमिर जेलेन्स्कीबीच रूस र युक्रेनबीचको युद्ध अन्त्यको सम्भावनाबारे छलफल गर्न बुधबार भएको टेलिफोन वार्ताको ह्वाइट हाउसले प्रशंसा गरेको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले भन्नुभभयो, “राष्ट्रपति सी र जेलेन्स्कीबीच फोन वार्ता भएको खबरको हामी स्वागत गर्दछौं । यो राम्रो कुरा हो ।” किर्बीले भन्नुभयो, “अब यसले कुनै अर्थपूर्ण शान्ति अभियान वा योजना वा प्रस्तावको नेतृत्व गर्नेछ कि छैन भन्ने अझै सुनिश्चित भइनसकेको हाम्रो बुझाई छ । “हामी यो युद्ध अन्त्य होस् भन्ने चाहन्छौँ । हामीले लामो समयदेखि यही कुरा भन्दै आएका छौं,” उहाँले भन्नुभयो ।

“यदि रूसले युक्रेनबाट आफ्ना सेना फिर्ता बोलायो भने यो युद्ध ‘तत्काल’ अन्त्य हुन सक्ने उहाँले बताउनुभयो । किर्बीले भन्नुभयो, “न्याय र दिगो शान्ति हुन सक्छ र विश्वसनीय आधार सिर्जना हुन सक्छ भने शान्तिमा पुग्ने कुनै पनि प्रयासको हामी स्वागत गर्दछौं ।” “हाम्रो विचारमा, युक्रेनी नागरिक र राष्ट्रपति जेलेन्स्कीले यसमा सहभागिता नजनाउँदासम्म वा शान्तिवार्ताका लागि समर्थन नगरेसम्म शान्तिको बिषयले दिगो वा विश्वसनीय सार्थकता पाउनेछैन,” उहाँले भन्नुभयो । –––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर