गर्मी मौषममा नाकबाट रगत निस्किन नदिन यि उपायहरु अपनाउनुहोस् — OSNepal

गर्मी मौषममा नाकबाट रगत निस्किन नदिन यि उपायहरु अपनाउनुहोस्

LC (KTM) April 26, 2023 0

गर्मी मौसममा धेरै किसिमका समस्या आउन थाल्छन् । यसमा नाकबाट रगत पनि बग्ने गर्छ । गर्मीमा तापक्रम बढेपछि हावामा आर्द्रताको मात्रा कम हुन्छ । जसका कारण नाकमा सुख्खापन हुन्छ । नाक सुख्खा हुनुका कारण नसामा सुक्खा हुने वा फुट्ने घाउ हुने गर्छ । जसका कारण नाकबाट रगत बग्न थाल्छ ।

सुख्खापनका कारण रगत बग्ने समस्या हुन सक्छ। यो समस्या ३ देखि १० वर्षसम्मका बालबालिकामा बढी हुन्छ । तर वृद्धवृद्धालाई पनि यो समस्याले सताउन सक्छ। नाकमा एलर्जी हुने, भित्री नसा वा रक्तनलीमा क्षति पुग्ने, शरीरमा पोषक तत्वको कमी, रक्तचाप, अत्यधिक गर्मी, अत्याधिक हाच्छ्युँ, चिसो वा छिट्टै नाक रगड्दा पनि यो समस्या हुन सक्छ ।

शरीरलाई हाइड्रेटेड राख्नुहोस्

गर्मी मौसममा शरीरलाई सकेसम्म हाइड्रेटेड राख्नुपर्छ । सकेसम्म पानी पिउनुहोस्। गर्मी मौसममा शरीरबाट अत्याधिक पसिना आउनुका कारण पानीको कमी हुन्छ । त्यसैले तरल पदार्थ बढी प्रयोग गर्नुहोस्। पानीबाहेक नरिवलको पानी, सरबत लिनुहोस्।

यी चीजहरू नखानुहोस्

गर्मीमा तातो चिज खानु हुँदैन । तातो चिजको सेवनले नाकको रक्तनलीमा दबाब पर्छ । जसका कारण नाकबाट रगत आउन थाल्छ । त्यसैले सकेसम्म तातो मसलादार खानेकुराबाट बच्नुपर्छ । खाना खाएपछि तुरुन्तै पानी पिउनु हुँदैन ।

चिसो वा तातो प्याकहरू प्रयोग गर्नुहोस्

नाकबाट रगत बग्दा चिसो वा तातो प्याक प्रयोग गर्नुहोस्। चिसो प्याक नाकको माथि राख्नुपर्छ भने तातो प्याक नाकको तल राख्नुपर्छ । यसले नसाहरूमा रक्तचाप कम गर्छ र रक्तस्राव रोक्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर