नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई निजी निवास बालकोट जाने क्रममा स्थानीयवासीले बालकोटमा स्वागत गर्दै ।
त्यसअघि बालुवाटारबाट आफ्नो निजि निवास बालकोट प्रस्थान गर्दा ओलीलाई हजारौं चार पांग्रे तथा दुई पांग्रे सवारी सहित ओलीलाई एमालेनिकट युथ फोर्सले बालुवाटारबाट स्कर्टिङ बालकोट पुर्याइएको हो । बालकोटमा पनि ओलीको स्वागत गर्नको लागि हजारौं समर्थकहरुको भीड लागेको छ ।
सोमबार सर्वोच्च अदालतले शेरबहादुर देउवाको नाममा परमादेश जारी गरेपछि पदमुक्त भएका ओली सरकारी निवास छाड्दै आफ्नो निवास बालकोट पुगेका हुन् ।स्वागतको क्रममा उनको समर्थकहरुले आजलाई होइन भोलीलाई १० वर्ष अोलीलाई भन्दै नारा लगाउँदै स्वागत गरिरहेका छन् ।