नेपालमा पछिल्लो २४ घण्टामा २९०५ जनामा संक्रमण पुष्टि, १८ जनाको मृत्यु — OSNepal

नेपालमा पछिल्लो २४ घण्टामा २९०५ जनामा संक्रमण पुष्टि, १८ जनाको मृत्यु

LC (KTM) July 14, 2021 0

काठमाडौं -नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १३ हजार २४ जनामा कोरोना परीक्षण गर्दा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । त्यस्तै सोही अबधीमा १६०६ जना संक्रमणमुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२५ जना संक्रमित भेटिएका छन् ।

जसमध्ये काठमाडौंमा २९४, भक्तपुरमा ६७ र ललितपुरमा ६२ जना संक्रमित भेटिएका छन् । नेपालमा । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर