आन्द्राभुँडी, कलेजोलगायत शरीरका भित्री भाग बाहिर निस्किएकी शिशुको सफल शल्यक्रिया — OSNepal

आन्द्राभुँडी, कलेजोलगायत शरीरका भित्री भाग बाहिर निस्किएकी शिशुको सफल शल्यक्रिया

LC (KTM) April 26, 2023 0

लमजुङ- लमजुङ अस्पतालले आन्द्राभुँडी, कलेजोलगायत पेटभित्रका अंग शरीर बाहिर निस्किएको अवस्थामा जन्मिएकी एक शिशुको सफल शल्यक्रिया गरेको छ । महिला सुत्केरी हुने क्रममा आन्द्राभुँडी, कलेजोलगायत शरीरका भित्री भाग नाइटोबाट बाहिर निस्किएको र झिल्लीले मात्रै छोपेको अवस्थामा जन्मिएको शिशुको सल्यकृया गरिएको हो ।

एकजना ३० वर्षीया महिलाले ५ औं सन्तानको रुपमा उक्त शिशुलाई जन्म दिएकी थिइन् ।आइतबार दिउँसो २ बजेतिर जन्मिएकी शिशुको ३ बजेतिर शल्यक्रिया गरिएको हो । ‘यो असाधारण शल्यक्रिया हो । हिजोसम्म के हुन्छ थाहा थिएन ।

मंगलबार देखि बच्चीले आमाको दूध चुस्न सुरु गरेको शल्यक्रियामा संलग्न जनरल सर्जन डा। सुलभराज भण्डारीले बताए । शिशु पूर्णरुपमा ुनर्मलु अवस्थामा आइसकेको खतरामुक्त भइसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर