काठमाडौं ३० असार । निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आजबाट सरकारी निवास बालुवाटार छाडेका छन् ।
हजारौँ समर्थकहरुको भीड लागेको बालुवाटारबाट ओली आफ्नो निजि निवास बालकोट प्रस्तान गरेका हुन् । हजारौं चार पांग्रे तथा दुई पांग्रे सवारी सहित ओलीलाई एमालेनिकट युथ फोर्सले बालुवाटारबाट स्कर्टिङ बालकोट पुर्याइएको छ ।
बालकोटमा पनि ओलीको स्वागत गर्नको लागि हजारौं समर्थकहरुको भीड लागेको छ । सोमबार सर्वोच्च अदालतले शेरबहादुर देउवाको नाममा परमादेश जारी गरेपछि पदमुक्त भएका ओली सरकारी निवास छाड्दै आफ्नो निवास बालकोट पुगेका हुन् ।
स्वागतको क्रममा उनको समर्थकहरुले आजलाई होइन भोलीलाई १० वर्ष अोलीलाई भन्दै नारा लगाउँदै स्वागत गरिरहेका छन् । दृश्यहरु देखिएता पनि ओली भने दुखी देखिन्थे । हेर्नुहोस् यि दृश्यहरु