बालकोटको बाल्कोनीबाट गर्जदै ओलीले भने 'आत्मआलोचना गर्दै गल्ती कमजोरी स्वीकारे पनि लाजशरम हराएका माधव नेपाललाई पार्टीमा ठाउँ छैन' — OSNepal

बालकोटको बाल्कोनीबाट गर्जदै ओलीले भने ‘आत्मआलोचना गर्दै गल्ती कमजोरी स्वीकारे पनि लाजशरम हराएका माधव नेपाललाई पार्टीमा ठाउँ छैन’

LC (KTM) July 14, 2021 0

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीमा कुनै ठाँउ नभएको बताएका छन् ।बालुवाटार छाडेर निजी निवास बालकोट पुगेर बालकोटको बाल्कोनीबाट बोल्दै उनले नेपालको चर्को आलोचना गरेका हुन् ।

विपक्षी गठबन्धनमा लागेर पार्टी नेतृत्वकै सरकार ढाल्ने माधव नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको र आत्मालोचना र गल्ती स्वीकारेपनि पार्टीमा कुनै ठाउँ नदिने उनले बताएका छन् ।‘माधव नेपालजस्ता लाजशरम हराएका मान्छेको पछाडि लाग्ने केही व्यक्तिहरु अब सच्चिएर पार्टीमा काम गर्न चाहन्नुहुन्छ भने काम गर्न दिन्छौं’, तर र माधव नेपालको हकमा आत्मआलोचना, गल्ती कमजोरी स्वीकारे पनि पार्टीमा कुनै ठाउँ छैन उनले भने ।

अहिलेको यो परिस्थिति निर्माण गर्ने माधव नेपाल भउको उनले बताए । उनले शीतल निवासमा देउवाको शपथमा सहभागी भएर खुसीयाली मनाएको भन्दै कटाक्ष पनि गरे । यसो यस अघि अ‍ोलीले मात्र नभइ नेता नेपाललाई ओलीका सल्लाहार र ोता गोकुल बासकोटाले पनि चर्को अलोचना गरेका थिए । बालकोटमा ओलीलाई स्वागत गर्न समर्थक तथा शुभेच्छुक र स्थानीयहरुको घुइँचो लागेको थियो । स्थानीयले उनलाई पुष्प गुच्छा प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर