काठमाडौँ । नायिका रेखा थापाले प्रसाद २ हेरेपछि आँफु निर्देशक सुर्दशन थापाको फ्यान नै भएको बताएकी छिन् । सोमबार साँझ गरिएको प्रिमियरपछि प्रतिक्रिया दिँदा पूजा शर्मा र केकी अधिकारीसँगै बसेर प्रतिक्रिया दिँदै रेखाले भनिन् सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्मको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुतिलाई फिल्मीकर्मी र मिडियाकर्मीले उत्कृष्ट भनेका बेला नायिका रेखाले कलाकारहरु विपीन कार्की, केकी अधिकारी र अर्पण थापाको पनि खुलेर प्रशंसा गरिन् ।
सोमबार साँझ गरिएको प्रिमियरमा फिल्म ‘प्रसाद २’ हेरे लगत्तै निर्देशक शोभित बस्नेतले कलाकारको प्रशंसा गर्दै कलाकार अर्पण थापालाई ५० लाख पारिश्रमिक दिन आग्रह गरे । उनले भने–‘यो फिल्म हेरेपछि म के भन्न सक्छु भने, यहाँ नामकै कारण केही कलाकारले ५० लाख लिएका छन् । तर, कामको आधारमा अर्पण थापालाई ५० लाख पारिश्रमिक दिनुपर्छ । अर्पणको काम गज्जब छ ।’
शोभितले फिल्मको प्रिमियर ५ दिन अगाडि गर्दा आफू डराएको बताउँदै निर्देशक सुदर्शन थापाले उत्कृष्ट फिल्म बनाएको बताए । उनले, लभ स्टोरी फिल्ममा जमेका सुदर्शनले सामाजिक कथामा पनि उत्कृष्ट फिल्म बनाएको भन्दै खुलेरै प्रशंसा गरे ।