काठमाडौं । ‘जारी’को पहिलो अन्तर्राष्ट्रिय प्रिमियर बेलायतमा गरिएको छ । आइतबार बेलुका आयोजित भव्य प्रिमियरमा निर्देशक उपेन्द्र सुब्बा, अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर उपस्थित रहे ।प्रिमियरमा बेलायतस्थित नेपाली समुदायको बाक्लो उपस्थिति थियो ।
प्रिमियरमा लिम्बू पहिरनमै मिरुना उपस्थित थिइन् । प्रिमियरमा दयाहाङको नायकीय स्वागत गरिएको थियो । लायतस्थित लाहुरे समुदायले दयाहाङलाई न्यानो स्वागत गरे का थिए । प्रिमियरमा बेलायतस्थित गैरआवासीय नेपालीहरु, ‘कबड्डी ४’ फेम्ड अभिनेत्री गौमाया गुरुङ पनि उपस्थित थिए
रामबाबु गुरुङले निर्माण गरेको यो फिल्म अमेरिका र अष्ट्रेलियामा चाहिं नेपालसँगै रिलिज भएको हो । फिल्मले नेपालमा आका्रमक कमाइ गरिहेको छ ।‘जारी’ नेपालमा दोस्रो सातामा प्रदर्शन भइरहेको छ । फिल्मले नेपाली हलमा दबदबा कायम राखेको छ ।