श व दाहसंस्कारमा संलग्न कर्मचारीलाई भत्तास्वरूप प्रतिशव एक हजार — OSNepal

श व दाहसंस्कारमा संलग्न कर्मचारीलाई भत्तास्वरूप प्रतिशव एक हजार

LC (KTM) May 14, 2021 0

काठमाडौँ, ३१ वैशाख – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रको विकास र विस्तारभन्दा पनि उद्धार र राहतमा केन्द्रित हुनेगरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

संस्कृतिमन्त्रीमा पुनः नियुक्त ढकालले आज मन्त्रालयमा पदभार ग्रहण गर्दै कोभिड–१९ कारण थला परेको पर्यटन व्यवसायले राहत पाउनेगरी नीति बनाउन आग्रह गर्नुभयो । उहाँले नीति र बजेट दुवै प्रभावकारी हुने गरी तयारी गर्न पनि निर्देशन दिनुभयो ।

मन्त्री ढकालले पशुपतिमा कोभिड सङ्क्रमित भएका श व दाहसंस्कारमा संलग्न हुने कर्मचारीलाई प्रोत्साहन भत्तास्वरूप प्रतिशव रु एक हजार दिइने निर्णयको फाइल सदर गर्नुभएको पर्यटनमन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिनुभयो ।

यसअघि सरकारले निर्णय गरेर जोखिम भत्ता दिने निर्णय गरिए पनि पशुपति आर्यघाटमा श व दाहासंस्कारमा सहभागी हुने कर्मचारी परेका थिएनन् । अब उनीहरूले पनि प्रोत्साहन भत्ता पाउने भएका छन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर