काठमाडौँ ३० असार । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आज बुधबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेसँगै मन्त्री शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि ५ अर्ब उपलब्ध गराउने निणयृमा हस्ताक्षर गरेका छन् ।
त्यसैगरी,आईसीयू, भेन्टिलेटरलगायत कोरोनाविरुद्धको स्वास्थ्य उपकरण खरिद गर्नका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत जाने गरी प्रदेश र स्थानीय तहहरुलाई ५२ करोड ४६ लाख ४० हजार निकासा दिने निर्णयमा हस्ताक्षर गरेका छन् ।
कोभिडले प्रभाव पारेको अर्थतन्त्रलाई पुनृस्थपना गराउन थप चुनौती थपिएको बताउँदै आफु काममा नै केन्द्रित हुने प्रतिवद्धता जनाएका छन् ।