काठमाडौँ ३० असार । ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा आज बुधबार हाजिर भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ साल माघ २२ गते गच्छेदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो ।
विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले दिएको जानकारी आज गच्छदारको विषयमा थुनछेक बहस हुने भएको छ ।