चालकले स्यानिटाजइर प्रयोग गर्दै चुरोट खाँदा कारमा लाग्यो आगो, मच्चियो भागदौड — OSNepal

चालकले स्यानिटाजइर प्रयोग गर्दै चुरोट खाँदा कारमा लाग्यो आगो, मच्चियो भागदौड

LC (KTM) July 14, 2021 0

काठमाडौँ । राम्ररी स्यानिटाजइर प्रयोग गर्दै नजान्दा कारमा आगलागी भएको छ । अमेरीकाको रकभिला शपिंग सेन्टरमा बनेको पार्किङमा कार भित्र भीषण आगलागी भएको सार्वजनिक भिडियोमा देख्न सकिन्छ ।

अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार ति चालकले कार चालक कार चलाउँदा कारभित्रै चुरोट सेवन गरीरहेका थिए र सोही समयमा नै उनले स्यानिटाइजरको प्रयोग गरे । स्यानिटाइजर प्रयोग गरेलगत्तै अचानक स्यानिटाइजरमा आगो सल्कियो ।

चालकको शरीरु हुँदै आगो सिंगो कारमा नै लाग्यो । चालक हतार हतार ढोका खोलेर भागे पनि कार भने क्षतविक्षत बन्न पुग्यो । जसलाई निभाउन दमकद बोलाउनु परेको थियो । अमेरीकाको रकभिला शपिंग सेन्टरमा बनेको पार्किङमा कार भित्र भीषण आगलागी भएको हो ।

दमकलले आगो निभाए पनि कार भने नष्ट भएको भिडियोमा स्पस्ट देखिन्छ । हतार हतार भागेका चालकको प्रहरीले उद्धार गरेर उपचारका लागि लगेको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर