सर्वोच्चको परमादेश पछि ठाकुर पक्ष न पार्टी, न सत्ता, अब कता ? — OSNepal

सर्वोच्चको परमादेश पछि ठाकुर पक्ष न पार्टी, न सत्ता, अब कता ?

LC (KTM) July 14, 2021 0

काठमाडौँ ३० असार । सरकारको मोहमा आफ्नै पार्टी त्याग गर्न अगाडी सरेका जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह यति बेला ठुलो संकटमा परेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार ढलेपछि अब सरकारमा जाने सपना पनि समाप्त भएको छ ।

विशेष स्रोतका अनुसार अब ओलीसँगै विपक्षी गठबन्धन बनाएर अगाडी बढ्ने बुझिएको छ । अहिलेलाई ओली समूहसँग मिलेर जाने टुंगोमा पुगेको ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई समर्थन नगर्ने समेत जनाएको छ ।

आफ्नो सरकार टिकाइराख्न ओलीले पनि ठाकुर पक्षका शर्तमान्ने आधारमा सरकारमा गएको ठाकुर पक्ष धेरै दिन सरकारमा टिक्न पाएन कारण सर्वोच्चले ओली सरकारले ल्याएको नागरिकतासम्बन्धी प्रावधान खारेज गरिदियो ।

जसरी एमाले फुट्यो त्यसैगरी सत्ताको मोह आउने ठाकुर र सत्ताको मोहमा ल्याउने ओली दुवैको सपनामा सर्वोच्चले कुठाराघात गरिदियो । तथापी ओली सरकारको आशमा बसेको ठाकुर समुह सोमबार सर्वोच्चको परमादेश पछि यता न उताका भएका छन् । न पार्टी न सत्ता अब कता ।

सत्तामा ल्याएर पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश समेत ल्याउने बचन दिएका ओली आफै अहिले पदमुक्त भएपछि ठाकुर पक्ष ठुलो संकटमा परेको छ ।

यता, अर्का उपेन्द्र यावद समुह भने सरकारमा मन्त्री पठाउन आन्तरिक छलफलमा व्यस्त रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर