चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले १ लाख बादर चीनमा निकासी गर्ने — OSNepal

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले १ लाख बादर चीनमा निकासी गर्ने

LC (KTM) April 21, 2023 0

कोलम्बो, ८ बैशाख । श्रीलंकाले १ लाख बाँदर चीन निकासी गर्ने भएको छ ।चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले १ लाख बादर चीनमा निकासी गरेर अर्थतन्त्रमा सानो योगदान गराउने छ ।

चीनको जुलजिकल गार्डेनको माग अनुसार १ लाख बाँदर चीन पठाइन लागिएको हो । श्रीलंकाबाट लगिने बाँदर चीनका १ हजार चिडियाघरमा राखिनेछ ।

श्रीलंकाको कृषि मन्त्रालयका वरिष्ठ अधिकारी गुणादास समरसिंघे विश्वमै दुर्लभ बाँदरको रूपमा रहेको टोकमकाकी प्रजातिलाइ चीनमा निकासी गर्नका लागि यसअघि पशुपंक्षी निकासीमा लगाउँदै आएको प्रतिबन्ध सबन्धी आवाश्यक कानुन संसोधन पनि गरिसकेको छ ।

श्रीलंकमा बाँदरको बढ्दो संख्याका कारण बालीनालीमा ब्यापक रूपमा क्षति हुदाँ किसानलाई मर्का परेको तथा श्रीलंकाको खाध्य चक्रमा नै असर गरिरहेको अवस्थामा बादर निकासी हुन लागेको अधिकारीहरुले जनाएका छन ।

पछिल्लो समय श्रीलंकामा बाँदरको संख्या बढेर २५ देखि ३० लाख पुगेको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर