साउन १ देखि लामो दूरीमा गाडी चलाउन दिने तयारी, तत्काल विद्यालय भने सञ्चालन गर्न नदिइने — OSNepal

साउन १ देखि लामो दूरीमा गाडी चलाउन दिने तयारी, तत्काल विद्यालय भने सञ्चालन गर्न नदिइने

LC (KTM) July 14, 2021 0

काठमाडौं- साउन १ गतेबाट लामो दूरीमा सार्वजनिक यातायात चलाउन दिने तयारी भएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूले दुई महिनाभन्दा बढी समयदेखि रोकिएका लामो दुरीका यातायात सेवा सञ्चालन गर्न दिने तयारी गरेका हुन् ।

‘दुई महिनाभन्दा बढी समयदेखि लामो दूरीमा सवारी नचले पछि सर्वसाधारणले दुख पाइरहेका छन् । सवारीसाधन सञ्चालन, निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा तीनवटै जिल्लाका सीडीओले आज र भोली छलफल गरी निर्णय लिने बताएका छन् ।

कोरोना संक्रमण जोखिम कायमै रहेकाले तत्काल विद्यालय भने सञ्चालन गर्न नदिने बताइएको छ ।उपत्यकाभित्र सबै प्रकारका सार्वजनिक सवारीसाधन भने चल्न दिइरहेको छ। उपत्यकामा जारी निषेधाज्ञा भोली सकिदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर