नेपाली सेनाका एक जवानबाट आफैँले बोकेको मिनी इन्सास हतियारले कन्चटमा गोली हानी आत्महत्या — OSNepal

नेपाली सेनाका एक जवानबाट आफैँले बोकेको मिनी इन्सास हतियारले कन्चटमा गोली हानी आत्महत्या

LC (KTM) July 14, 2021 0

काठमाडौँ ३० असार । नेपाली सेनाका एक जवानले आफ्नै कन्चटमा गोली हानी आत्महत्या गरेका छन् ।

महोत्तरी जिल्लाको रणभिम गण प्रकौली ब्यारेकमा कार्यरत रामेछाप घर भएका ति सेनाले आज बिहान आफैँले बोकेको मिनी इन्सास हतियारले बाँया कन्चटमा गोली हानी आत्महत्या गरेको बताइएको छ ।

आज पाँच बजेतिर अतिथि गृहसँगैको कोतमा घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मृतक जवानको नाम ठेगाना भने उनका आफन्त आएपछि मात्र सार्वजनिक गर्ने जानइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर