एकाबिहानै ओलीका सल्लाहकार थापाले सरकार ढाल्ने गद्दार भन्दै सार्वजनिक गरे यि २३ जनाको नाम — OSNepal

एकाबिहानै ओलीका सल्लाहकार थापाले सरकार ढाल्ने गद्दार भन्दै सार्वजनिक गरे यि २३ जनाको नाम

LC (KTM) July 14, 2021 0

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले २३ जनाको गद्दारीले एमाले सरकार ढलेको आरोप लगाएका छन् । एकाबिहानै स्टाटस लेख्दै उनले एमालेभित्रका २३ जनाको गद्दारीले आरोप लगाएका हुन् ।सामाजिक संला ट्विटरमा ट्विट गर्दै थापाले लेखेका छन् ।‘

नेकपा एमाले र अध्यक्षको नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाको वैशाखी बन्‍ने र पहिलो बधाई दिन आतुर माधव कुमार नेपालको निम्ति त यो हर्षविभोर क्षण होला !१’ ‘जनादेश विपरित परमादेशबाट श्री शेवदेको प्रममा नियुक्ति “हलो ताछी मुङ्ग्रो” बनाए जस्तै हो । यिनै २३ को गद्दारीको परिणाम त हो १’ ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालका विरुद्ध बेला–बेला कटु आलोचना गर्दै आएका थापाले २३ गद्दारीको परिणाम भन्दै वरिष्ठ नेता नेपालसहित झलनाथ खनाल, डा.भिम रावल,रामकुमारी झाँक्री, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, मेटमणि चौधरीलगायतको नाम सार्वजनिक गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर