क्यालिफोर्निया । चर्चित र्यापर भिटेन र योङ लामाले पहिलो पटक अमेरिकाको सान फ्रान्सिस्कोमा सांगीतिक प्रस्तुती दिने भएका छन् ।
मे २० तारिखका दिन साँझ ८ बजेबाट सुरु हुने कार्यक्रममा भिटेन र योङका अलावा के सिंह र सुभमले पनि प्रस्तुती दिनेछन् । सोही दिन गायिका वर्षा कर्माचार्यको नयाँ भिडियोको पनि प्रिमियर गरिने तयारी गरिएको आयोजक एक्सक्लुसिभ डे इभेन्सले जनाएको छ ।
सोही दिन डिजे काले र डिजे टिजेको पनि प्रस्तुती रहने आयोजक मध्येका एक प्रेम लामाले जानकारी दिए । लामाका अनुसार आयोजकले कार्यक्रमको स्पोन्सर र प्रायोजक भएर कार्यक्रममा जोडीन चाहानेहरुको पनि खोजी गरिरहेको छ । जसको टिकट दर रेगुलर ५० र भिआइपीको लागि भनेर १ सय डलर तोकिएको छ ।
त्यस्तै टिकट दर कार्यक्रमको दिन भने रेगुलर ६० डलर र भिआइपीको लागि भनेर १२० डलर हुनेछ । तर १० जना भन्दा ठूलो समुहमा रहेकाहरुले भने ५१०३५९३३६५ मा सम्पर्क गरेर विशेष छुट लिन सक्ने आयोजकको भनाई छ । कार्यक्रमको अनलाइन टिकट बुकिगंका लागि Vteninbay.com मा गएर काट्न सकिने आयोजकले जनाएको छ । कार्यंक्रमको होस्टका रुपमा प्रिया घले र सुभम रहनेछन् ।