मेडिसिटी अस्पतालले भन्यो - रवि लामिछानेका चालकको अवस्था अझै चिन्ताजनक छ — OSNepal

मेडिसिटी अस्पतालले भन्यो – रवि लामिछानेका चालकको अवस्था अझै चिन्ताजनक छ

LC (KTM) April 19, 2023 0

काठमाडौं  -राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी सवारी चालक दिलबहादुर थापाको स्वास्थ्य अवस्था अझै चिन्ताजनक छ। उनको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

गत सोमबार भरतपुरमा लामिछानेको घरको तीन तलामाथिबाट खसेका थापालाई मंगलबार एयरलिफ्ट गरी काठमाडौं ल्याएर उपचार थालिएको थियो ।टाउकोमा गम्भीर प्रकृतिको चोट छ, छातीमा संक्रमण रहेको र अबस्था क्रिटिकल रहेको मेडिसिटी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राज राणाले बताउ ।

उपचारमा आफुहरुको आइसियूको पुरै टिम खटिएको डाक्टर राजले बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर