चुनौतीलाई अवसरमा बदलेर ओली सरकारको अकर्मण्यताले निराश जनतालाई आशा र भरोसा दिलाउनुछ — OSNepal

चुनौतीलाई अवसरमा बदलेर ओली सरकारको अकर्मण्यताले निराश जनतालाई आशा र भरोसा दिलाउनुछ

LC (KTM) July 14, 2021 0

काठमाडौं ३० असार । नेपाली कांग्रेसका सांसद तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापाले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शुभकामना दिँदै चुनौतीलाई अवसरमा बदलेर जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन् ।

नेता थापाले ओली सरकारको अकर्मण्यताले महामारी लगायतका समस्यामा भोग्नु परेको सास्तीबाट निराश जनतालाई आशा र भरोसा दिलाउनु छ। हामीलाई चुक्ने सुविधा छैन भन्दै यो चुनौतीलाई अवसरमा बदलेर जिम्मेवारी पूरा गर्नुपर्ने बताएका हुन् ।

हिजो मात्र प्रधानमन्त्रीको पदको सपथ लिएका देउवालाई नेता थापाले चुनौतीलाई अवसरमा बदलेर जिम्मेवारी पुरा गर्न शुभकामना दिएका हुन् । संविधान कार्यान्वयन गर्ने जिम्मेवारी एर्कातर्फ भएपनि निराश जनतालाई आशा र भरोसा दिलाउनु अर्को चुनौती भएको थापाको तर्क रहेको छ ।

‘एकातर्फ संविधान कार्यान्वयन गर्ने जिम्मेवारी छ,अर्कोतर्फ ओली सरकारको अकर्मण्यताले महामारी लगायतका समस्यामा भोग्नु परेको सास्तीबाट निराश जनतालाई आशा र भरोसा दिलाउनु छ’, थापाले भनेका छन्, ‘हामीलाई चुक्ने सुविधा छैन,यो चुनौतीलाई अवसरमा बदलेर जिम्मेवारी पूरा गर्नुहुनेछ।हार्दिक शुभकामना’
@DeubaSherbdr

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर