बागलुङमा नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै सबै विद्यालयमा पाठ्यपुस्तक — OSNepal

बागलुङमा नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै सबै विद्यालयमा पाठ्यपुस्तक

LC (KTM) April 18, 2023 0

गलकोट, ५ वैशाख -बागलुङमा नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै सबै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । चैत अन्तिम सातादेखि जिल्लामा पाठ्यपुस्तक आउन थालेको हो । सबै विद्यालयमा पाठ्यपुस्तक पुगेपछि विद्यार्थीलाई वितरण गर्न थालिएको छ । जिल्लाका पाँच सय १४ सामुदायिक विद्यालयमा नयाँ पाठ्यक्रम अनुसारको पुस्तक पु¥याइएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कुश्मराज उपाध्ययाले जानकारी दिनुभयो । विगत वर्षमा भर्ना अभियान सकिँदासम्म विद्यार्थीको हातमा पुस्तक पुग्न मुश्किल हुन्थ्यो ।

जिल्लामा आवश्यक पाठ्यपुस्तक आइपुगेपछि वितरण थालिएको छ । यस वर्ष जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै पाठ्यपुस्तक जिल्ला–जिल्ला पठाएको हो । यही वैशाख १५ गतेसम्म जिल्लाका सामुदायिक विद्यालयमा भर्ना अभियान सञ्चालन गरिएको छ । भर्नाका लागि आएका विद्यार्थीको हात–हातमा पाठ्यपुस्तक दिन थालिएको सदरमुकामस्थित रुद्रेपीपल माविका प्रधानाध्यापक राजेश श्रेष्ठले जानकारी दिनुभयो ।

समयमै पुस्तक आउँदा भर्ना अभियान प्रभावकारी बन्दै गएको छ । “विद्यार्थीलाई भर्नासँगै पाठ्यपुस्तक वितरण गरिरहेका छौँ”, श्रेष्ठले भन्नुभयो । सदरमुकाम मात्र नभएर जिल्लाको दुर्गम बडिगाड, निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिका तथा ढोरपाटन नगरपालिकाका विद्यालयमा पाठ्यपुस्तक पुगिसकेका छन् ।

“सबै विद्यालयमा पाठ्पुस्तक पुगेका छन्, केही विद्यालयले वितरण पनि थलिसके, हामीले भर्नासँगै पाठ्युस्तक वितरण गर्न भनेका छौँ”, एकाइ प्रमुख उपाध्यायले भन्नुभयो । जिल्लाका पुस्तक बिक्रेताको समन्वयमा पालिकाको केन्द्रसम्मै पुस्तक पु¥याइएको छ । दश पालिका रहेको बागलुङमा पाँच सय १४ सामुदायिक विद्यालयमा ६३ हजार विद्यार्थी अध्ययनरत छन् ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर