सारा, आयुष र गरिमा जस्ता होनाहार प्रतिभा जन्माएको माउन्ट ग्लोरी — OSNepal

सारा, आयुष र गरिमा जस्ता होनाहार प्रतिभा जन्माएको माउन्ट ग्लोरी

LC (KTM) April 18, 2023 0

काठमाडौँ । काठमाडौँको बसुन्धारामा अवस्थित माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा सारा राई आफ्नो गायन कलाका कारण पछिल्ला दिनमा चर्चाको शिखरमा छिन् । द भ्वाइस किड्सको ब्लाइन्ड अडिसन पार गरेर लाइभ राउण्ड प्रवेश गरिसकेकी प्रतिभा हुन् सारा राई । उनी गायक तथा कोच सुशान्त केसीको टिममा छिन् ।

गायनमा निकै नै प्रतिभावान सारा स्कुलमा हुने हरेक सांगीतिक कार्यक्रममा निकै अब्बल छात्रा हुन् । उनी आँफु यो स्थानसम्म आइपुग्नुमा आफ्नो स्कुल, व्यबस्थापन, स्कुलका प्रिन्सिपल गणेश श्रेष्ठ लगायतको टिम नै मुख्य कारक रहेको बताउँछिन् । त्यस्तै सारा आफ्नो स्कुलका संगीतका प्रशिक्षक तथा लोकप्रिय गायक संजीव पुडासैनीलाई पनि आफ्नो प्रगतीको मुख्य श्रेय मान्छिन् । ८ वर्षदेखि म्यूजिक शिक्षक पुडासैनीसँग संगीत अध्ययन गर्दै आएकी साराले भ्वाइसको ब्लाइन्ड अडिसन पार गरेसँगै उनी अहिले थप चर्चामा छिन् ।

भन्छिन् स्कुलमा हुने हरेक सांगीतिक कार्यक्रमको निरन्तरता र संगीत र नृत्य अध्ययन गर्न पाउने वातावरणका कारण नै आँफु आज यो स्थानमा आइपुगेको हुँ । आँफुले भ्वाइसको उपाधि जित्नेमा ढुक्क भएको बताउने सारा अहिले १३ वर्षकी भइन् । उनको गलामा रहेको कलाको अहिले सर्वत्र चर्चा भइरहेको छ ।

साराको स्कुल माउन्ट ग्लोरीले अध्ययन अध्यापनका अलावा अन्य विभिन्न किसिमका खेलकुदका गतिबिधिहरुलाई पनि प्राथमिकतामा राखेर अगाडी बढेकै कारण आयुष घलान जस्ता राष्ट्रिय स्तरका फुटबलर जन्माउन सफल भएको बिद्यायल व्यबस्थापक समेत रहेकी बिद्या श्रेष्ठ बताउँछिन् । सारालाई नजिकबाट नियालिरहेकी बिद्या भन्छिन् उनको प्रतिभाका कारण आज हामी सबै स्कुल परिवार र उनका साथीभाईअरु पनि खुशीले गदगद छौँ । स्कुलका सबैजसो शिक्षक र बिद्याथीहरुले उनको प्रशंसा गरेसँगै सारा भन्छिन् स्कुलले अध्ययनका अलावा पनि २१ ओँ शताब्दीमा बिद्यार्थीका लागि चाहिने खेलकुद, गायनसँगसँगै सबै कुराहरुको सहज व्यबस्थापन गरिदिएका कारण आज आँफुहरुले खुलेर प्रतिभा देखाउन सफल भयौँ ।

साराको स्कुल माउन्ट ग्लोरीले अध्ययन अध्यापनका अलावा अन्य विभिन्न किसिमका खेलकुदका गतिबिधिहरुलाई पनि प्राथमिकतामा राखेर अगाडी बढेकै कारण आयुष घलान जस्ता राष्ट्रिय स्तरका फुटबलर जन्माउन सफल भएको प्रिन्सिपल श्रेष्ठ बताउँछन् । आयुष अण्डर १८ को राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी हुन् । १९ वर्षका आयुष नेसलन टिममा लामो समयदेखि सहभागी छन् । उनको खेलको पनि बेला बेलामा चर्चा हुने गरेको छ ।

त्यस्तै माउन्ट ग्लोरीकै अर्को होनाहार प्रतिभा हुन् डाक्टर गरिमा श्रेष्ठ । जसले स्कुलको नामलाई नै थप उचाईमा पुर्याउने काम गरेकी छिन् । डाक्टर गरिमा श्रेष्ठ अस्पताल कम, विद्यालय र गाउँ क्षेत्रमा बढी देखिने डाक्टर हुन् । पोखराको मनिपाल टिचिङ हस्पिटलबाट एमबिबिएस पढेकी उनी बिरामी जाँच्नुभन्दा उनीहरूलाई स्वस्थ रहने ज्ञान दिने अभियानमा व्यस्त छिन्।

प्रजनन् स्वास्थ्य, महिनावारी र त्यस समय ध्यान पुर्‍याउनुपर्ने आवश्यकता उनको अभियानको मुख्य विषय हो। ‘सी’ नामक संस्थामार्फत् उनले यो अभियान अघि बढाइरहेकी छिन्। गरिमा संस्थामार्फत् महिनावारी अव्यवस्थित रहेका क्षेत्रमा ज्ञान र चेतना बाँड्छिन्। साथै ती क्षेत्रमा पुनः प्रयोग गर्न मिल्ने प्याड निःशुल्क वितरण गर्दै आएकी छिन्।

सारा , आयुष र गरिमाजस्ता गायिका , फुटबलर, डाक्टरका साथै अन्य प्रतिभावान बिद्यार्थी जन्माएसँगै पछिल्ला दिनमा काठमाडौँको बसुन्धारामा अवस्थित माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलको पनि चर्चा सुरु भएको छ ।

प्रोफेसर समेत रहेका प्रिन्सिपल श्रेष्ठले बिद्यार्थी र अविभावकको रुचि, परिवर्तित समयको माग अनुसार बदलिँदो समयसँगै वैज्ञानिक र व्यबहारिक शिक्षा पद्र्धती अनुसार स्कुल अघि बढेकै कारण आज अभिभावकहरुको नजरमा परेको प्रतिक्रिया दिए । हरेक वर्षको एसईईमा राम्रो नतिजा ल्याउँदै आएको स्कुलले अध्ययनसँगै प्रयोगात्मक अभ्यासहरुलाई पनि विशेष रुपमा प्रयोगमा ल्याउँदै आएको माउन्ट ग्लोरीमा अहिले कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका बिद्यार्थीका लागि भर्ना समेत खुलेको छ । जहाँ अनुभवी शिक्षक शिक्षीकाहरुबाट आफ्नै भवनमा शान्त वातावरणमा अध्यन गराइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर