उज्यालो नेपालका अभियानकर्मी जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त — OSNepal

उज्यालो नेपालका अभियानकर्मी जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त

LC (KTM) July 14, 2021 0

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त हुनुभएको छ । सर्वोच्च अदालतको सोमबारको फैसलापछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा राजनीतिक जीवनमा चौथो पटक मन्त्रीका रुपमा नियुक्त हुनुभएको हो ।

यसअघि विसं २०६५ मा शान्ति तथा पुनःनिर्माणमन्त्री, विसं २०७३ मा ऊर्जामन्त्री र विसं २०७४ मा गृहमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएका शर्माले अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न लाग्नुभएको छ । ऊर्जामन्त्रीका रुपमा उहाँको कार्यकाल स्मरणयोग्य छ । चर्को विद्युत्भार कटौतीका मारमा परेका नेपाली जनतालाई त्यसबाट मुक्त गराउन उहाँले प्रभावकारी कदम चाल्नुभएको थियो । तत्कालीन नेकपा९माओवादी०ले सञ्चालन गरेको जनयुद्धमा डेपुटी कमाण्डर शर्माको कार्ययोजनामा नै मुलुकले १६ घण्टासम्मको विद्युत्भार कटौतीबाट मुक्ति पाएको थियो । उज्यालो नेपाल निर्माणको श्रेय पाउनुभएका शर्मा प्रभावशाली नेता हुनुहुन्छ ।

मुसिकोट नगरपालिका–५ रुकुम पश्चिममा विसं २०२० वैशाख २६ गते बुबा इस्केन्द्र र आमा नर्मदा शर्माको सुपुत्रका रुपमा जन्मनुभएका शर्माको विशेष रुचिको क्षेत्र साहित्य र कृषि हो । उहाँ विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । विसं २०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य, संविधानसभा २०६४ र २०७४ मा सदस्यका रुपमा निर्वाचित शर्माले राजनीतिमा आउनुअघि कृषि अनुसन्धान केन्द्रमा पाँच वर्ष सेवा गर्नुभएको थियो । शर्माले जनसेवाश्री र संविधानसभा पदक प्राप्त गर्नुभएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर