आज पनि ‘भारी’ वर्षाको सम्भावना, सतर्क रहन आग्रह — OSNepal

आज पनि ‘भारी’ वर्षाको सम्भावना, सतर्क रहन आग्रह

LC (KTM) July 14, 2021 0

काठमाडौँ( मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा आज पनि वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज पनि देशका चार चार प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेकोछ ।

महाशाखाका अनुसार आज दिउँसो र राति प्रदेश(१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।अहिले देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चट्याङ्गसहित भारी वर्षा हुने क्रम शुक्रबारसम्म नै कायम रहने भएकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।त्यस्तै आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश नं २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर