काठमाडौं । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्याले अब फिल्ममा डेब्यु गर्ने भएकी छन् । उनले रोहित अधिकारीले निर्माण गर्ने फिल्मबाट डेब्यु गर्ने भएकी हुन् । ल्मको शीर्ष भूमिकामा खगेन्द्र लामिछाने पनि तय भइसकेका छन् ।
सोसल तथा लभस्टोरी ड्रामालाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् । खगेन्द्रको पटकथा लेखन रहने यो ‘अनटाइटल’ फिल्मलाई भदौ पहिलो सातादेखि छायांकन गर्ने तयारी छ । अहिले अमेरिकामा रहेकी दिव्या फिल्मकै लागि भनेर आगामी महिना नेपाल आउँदैछिन् ।
अहिलेसम्म कागजी सम्झौता भइनकेको अधिकारीले बताए । स्क्रिप्ट सुन्नैका लागि उनी मे महिनामा काठमाडौं आउने बताइएको छ । फिल्ममा अहिलेसम्म निर्देशक पौडेल, अभिनेता तथा लेखक लामिछाने अनुबन्धित छन् । फिल्म मल्टिस्टारर हुने सम्भावना रहेको रोहितले बताए ।
निर्माणमा रोहितले श्याम कँडेल र ओम अग्रवालसँग सहकार्य गर्दैछन् । ‘गाजलु’ र ‘छ माया छपक्कै’पछि रोहितको यो अर्को भेञ्चर हो । दुई करोड बजेट बताइएको फिल्मलाई काठमाडौं, वीरगञ्ज लगायत स्थानमा छायांकन गर्ने तयारी छ ।