काठमाडौँ । पछिल्ला केही वर्षदेखि नायिका पूजा शर्मालाई दोहोर्याएर सोधिने प्रश्न हो विबाह कहिले गर्ने ? जुन प्रश्न अब सोध्नै नपर्नेगरी नायिका पूजा शर्माले २०८० सालमा सबैलाई एकमुष्ठ उत्तर दिने भएकी छिन् ।
नयाँ बर्षको अवसरमा काठमाडौंको काठमाडौं मलमा अवस्थित फेसियल हाउसले तयार पारेको बार्षिक क्यालेन्डर सार्वजनिक गर्दै पूजाले आँफुले यही वर्ष विबाह गर्ने बताएकी हुन् । नयाँ वर्षमा नयाँ सोचका साथ अघि बढ्ने बताएकी पूजाले प्रेमी युद्ध बानियाँसँग मिलेर ललितपुरको झम्सिखेलमा रेष्टुरेन्ट संचालन गदैछिन् ।
पूजाले यो वर्ष आफ्ना नयाँ व्यबसायसँगसँगै वैबाहिक जीवनको लागि पनि सोचेको उल्लेख गरिन् । साथै उनले भनिन् अब कुनै पनि कुरामा सोचेर मात्र बोल्नेछु । आफूले स्पष्ट रुपमा कुनै पनि बिषयमा कुरा राख्दा विवादमा बढी परेको भन्दै उनले नयाँ वर्षदेखि नै कम बोल्ने संकल्प गरेको समेत बताइन् ।